उत्तेजित घेरा

Sunday, 16 September 2012

पुष्कर लोहनी
डरलाग्दो एउटा आवाज कोठाभित्र घुसेपछि आत्तिएर म बिउँझेँ । ओछयानसँगैको टेबुलल्याम्प बालेर ढोकातिर जान खोज्दा पिसाबले ढाडिएको मेरो शरीरभित्रको अङ्ग ज्यादै नै कडा रुपमा बाहिर निस्कन खोजेको थियो । आफ्नो कोठाको ढोका खोलेर म ट्वाइलेटभित्र पसेँ । पिसाबले बेसरी चापे पनि पिसाब फेर्न सकिनँ । धेरै बेरपछि आफूलाई सम्हालेर बल्लतल्ल पिसाब फेरेँ । फर्केर आउँदा घडी हेरेँ । भर्खर विहानको चार मात्र बजेको रहेछ ।

उत्तानो परेर ओछयानमा पल्टेँ । झ्यालको पर्दा सारेर सिरकविना नै सुत्ने प्रयास गर्दा पनि निद्रा लागेन । मनमा विभिन्न कुराहरु खेल्न थाले । दुईचार दिनको लागि पुष्पा माइत गएकी – हुनेले कोठामा म एक्लै मात्र थिएँ । निदाउन खोजेँ, तर निदाउन सकिनँ । कमिज र पाइजामा फुकालेर सुत्न खोज्दा पनि सुत्न सकिनँ । ओछयानबाट उठेर एउटा चुरोट सल्काएँ र आफ्नो मनलाई जित्न किताब पल्टाउन थालेँ । दुई-तीनवटा चुरोट लगातार खाइसकेपछि अलिअलि कपाल दुख्न थालेजस्तो लाग्यो र चुरोट निभाएर ओछयानमा पल्टेँ ।

निदाउने प्रयास जति गरे पनि निदाउन सकिनँ । पिसाब फेर्ने इच्छा भएकोले कोठाबाट बाहिर निस्केँ । त्यसबेला बिहानको ६ बजिसकेको रहेछ ।

‘चिन्न पनि बिस्र्यौ कि कसो ? नशामा नै छौ कि क्या हो ? खुब धोकेको जस्तो छ नि ?’ -फोनबाट आवाज आयो ।

‘धत् उल्लू कहीँकी ! मैले त पहिले चिन्नै नसकेको । बरु तिमीले नै पो बेसरी धोकेको हो कि जस्तो छ नि !’-मैले हाँस्दै भने ।

‘तिमी जस्तै मलाई पनि ठानेको ?’

‘के ठट्टा गरेको ? किन आज यती बिहानै फोन गर्नुपरेको ?’-मैले अलि जिस्कँदै भनेँ- ‘बिहानै मस्ती चढेजस्तो छ नि ! खै, अचेल बिर्सेको हो कि ? धेरै भयो हगि भेट नभएको ? आऊ न फुर्सद मिलाएर मज्जासित गफ गरौं ।’

‘खै के भनूँ । फुर्सदैफुर्सद । अचेल कहीं जान मन लाग्दैन । हजुर कहाँ आएर धेरै बेरसम्म कुरा गर्न मन लागिरहेछ । मलाई देखेपछि घृणा त गर्नुहुन्न होला हगि ? म त हरदम हजुरलाई सम्झेर माया गरिरहन्छु ।’

‘तिमीले पनि त्यस्तो सम्झने ? मैले तिमीलाई अरुले जस्तो ठानेको छु र ?’

‘कुरा गर्न त तिमीसँग कसले सक्छ ।’

‘तिमी पनि कम छयौ र ?’- मैले जिस्कँदै भने – ‘अहिले आउने हो ? अहिले म एक्लै छु ।’

‘लाज नभएको मान्छे । अझ नाङ्गै छौ कि कसो ? तिम्री बुढी पोइल गै कि क्या हो ?’ -लामो हाँसो निकाल्दै भनी- ‘केही नगर्ने भए मात्र आउँछु । भात खुवाउँछौ ?’

‘के भनेको ? मैले के गरेको छु र तिमीलाई । त्यस्तो पनि भन्ने ? ल, आऊ है त ।’

‘मासु मीठो गरेर पकाऊ है । तिमीलाई मन पर्ने तरकारी पाएँ भने लिएर आउँला । अरु कुरासँगै गरौँला ।’

‘ल, फोन राखिदिएँ है ।’

प्रेमले चुरोट सल्कायो । मनमा विभिन्न किसिमका कुरा खेलाउँदै ऊ बाथरुमतिर गयो । दिसा गरिसकेपछि साबुनले हात धुँदै ऐनामा आफ्नो अनुहार हेरेर एकपल्ट मुसुक्क हाँस्यो । अनि एकाएक उसको मुखबाट शब्द निस्क्यो -’यस्तो पनि जीवन । सधैं त्रासमा आफ्नो इच्छालाई हुर्काउनुपर्ने । म स्वतन्त्र हुनै नपाउने ।’ प्रेमले ब्रसमा मञ्जन हाल्यो र दाँत माझ्न थाल्यो । कुल्ला गरिसकेपछि मुख धोएर ऊ आफ्नो कोठामा आयो, अनि रुमालले राम्ररी मुख पुछयो ।

बाहिरबाट घण्टीको आवाज आएपछि प्रेम ढोका खोल्न गयो । ढोका खोल्नेबित्तिकै ढोका अगाडि उसले ममतालाई देख्यो । उसले मुस्कान दिँदै भन्यो- ‘ए, म त को भन्ठानेको । मैले त विश्वासै गरेको थिइनँ, जाऔँ भित्र ।’

‘म फटाहा हुँ र ?’ ममता भित्र पस्दै भन्छे- ‘म आएको तिमीलाई मन परेन कि कसो ? डरलाग्यो कि कसो ?’

‘मैले त जिस्केको होला भन्ठानेको । आउँछु भनेको कतिपल्ट भयो कति ।’

प्रेमलाई ग्वाम्म अँगालो मारेर ममता भन्छे- ‘आज त विश्वास गरिस् होइन ? तँ जस्तो काँतर र डरछेरुवा हुँ र म ?’

‘स्वास्नी पाएपछि त हामीलाई कुकुर्नी जस्तै ठान्छौ होइन त ? कुनै बेला कुकुर्नी पनि त काम लागेकी थिई नि । पछि-पछि लागेर सुँघ्दै हिडेको कुरा त बिर्सिसक्यो होला ।’-गाला सुमसुम्याउँदै ममता भन्छे -’माया लागेर माया गरेको नि । नरिसाऊ है ।’

‘रिसाएको छु र म ? जाऔं भित्र कोठामा हिँड ।’ -प्रेमले पछाडिबाट हातले ममतालाई धकेल्दै भन्यो ।

‘कति हतार भइसकेको ? बाहिरदेखि नै धकेल्न लाज लाग्दैन ! कसैले देख्यो भने ।’ -अलि लाडिँदै ममताले भनी- ‘यस्तो गर्ने हो भने म भित्र जान्नँ । पुष्पा दिदीले के भन्ठान्ली ।

के भन्ठान्ने मेरो राजालाई ? मेरो राजा कम छ र कुरा गर्नलाई ? मलाई पनि ठिक्क पार्ने उता पुष्पा दिदीलाई पनि कुराले विश्वास पार्ने होइन त ? क्या बाठो मान्छे ।’

प्रेम ममतालाई फुर्काउनसम्म फुक्र्याएर भन्छ-’जाऔँ भित्र । मजासँग बसेर कुरा गरौँ ।’

‘मजासित बस्न त दिन्छौ ? गडबड गर्ने भए त म भित्र पस्दिनँ ।’-ममता भन्छे ।

‘झन् उल्टो मलाई दोष !’-प्रेम भन्छ ।

‘मैले तिमीलाई के दोष लगाएँ ? तिमीले मलाई अँठयायौ भनेर कराउँदै हिडेँ म ? तिमीले मेरो गाला टोक्यौ भनेर हल्ला गरेँ कि ? तिमीले मेरो ब्लाउजभित्र हात घुसार्‍यौ भनेर चिच्याएँ कि ? पेटीकोटभित्र हात छिराएर बेसरी निमोठ्दा म चिच्चाएँ कि ? बेकारमा मलाई मात्र दोष । पर्दैन अब मसँग बोल्न ।’-रिसाएझैँ गरेर प्रेमको आँखामा एकनाससित हेरेर ममताले भनी ।

‘आज तिमीलाई खुब रिस उठेको जस्तो छ नि ? के भयो भन न ? म केही गर्न सक्छु कि ?’- प्रेमले ममताको हृदय जित्ने प्रयास गर्दै भन्यो ।

दुवैजना भित्र कोठामा गए । कौचमा बसेपछि प्रेमले ममताको मुख एकनाससित हेरिरहृयो । ममताले पनि झिम्म नगरेर प्रेमको आँखामा हेरिरही ।

‘ममता ! एकछिन बस है । म चिया बनाएर आउँछु ।’ प्रेमले भन्यो ।

‘खालि चियामा मात्र टार्न लागेको हो कि कसो ? आज तिम्रो जुवाइँ भनाउँदोसित झगडा गरेर आएकी म ।’ ममताले भनी ।

‘मासु-भात खुवाइहाल्छु नि । पहिले चिया पिऊँ, अनि जेजे गर्नुपर्ला गरौंला नि ।’-प्रेम मुसुक्क हाँसेर ममताको आङमा एक धाप दिएर कोठाबाट बाहिर निस्क्यो ।

प्रेम निस्केपछि ममता उठेर प्रेमको कोठा चहार्न थाली । कहिले दराज खोलेर मालहरु हेर्न थाली भने कहिले प्रेमकी स्वास्नीको कपबोर्ड खोलेर धमाधम लुगाहरु खोतल्न थाली । कपबोर्डभित्रको सारी झिकेर ममता ऐनाअगाडि उभिएर लगाउन थालेपछि मनमनै भनी-’यो सारी लगाएको थाहा पाई भने पुष्पा दिदीले मेरो जगल्टा लुछ्ली हगि ?’ सारी लगाइसकेपछि ममता प्रेमको ओछयानमा गएर उत्तानो परेर सुती । आफ्ना दुवै हात छातीमा राखेर आँखा चिम्ली ।

एकछिनपछि दुई हातमा चियाको गिलास लिएर प्रेम कोठाभित्र पस्यो । ममतालाई ओछयानमा पल्टेको देखेर ऊ जिल्ल पर्‍यो । अलि हडबडाएर ओछयान नजिक गएर प्रेमले सोध्यो- ‘ममता तिमीलाई के भयो ?’

‘केही भएको छैन । तिम्रो ओछयानमा सुत्नु हुन्न कि कसो मैले ? पुष्पा दिदीले देख्नुभयो भने त रिसाउनुहोला हगि ? उहाँलाई त यो ओछयान गनाउँदो होला । स्वास्नीमान्छेले त थाहा पाइहाल्छन् । तन्नामा दाग देख्यो भने त महाभारत सुरु हुन्छ ।’ ममताले हाँस्दै भनी ।

‘के बौलाहा कुरा गरेको ममता ? सुत न मजासँग सुत । आफ्नै ओछयान ठानेर सुते भइहाल्छ ।’

‘म त सुत्दिनँ तिम्री स्वास्नीको ओछयानमा ।’-ओछयानबाट जुरुक्क उठेर कौचमा बस्दै ममताले भनी -’तिम्रो ओछयान गनाउँदो रहेछ ।’

‘तिम्रो लोग्नेको ओछयान त बास्ना आउँछ हगि ?’- उत्तेजित हाँसो निकाल्दै प्रेम भन्छ -’तिम्रो लोग्नेले खुब चाट्ला हगि ?’

‘चाट्न पाए पो चाट्ने । यसै चाट्न पाइन्छ ? तपस्या गर्नुपर्छ चाट्नलाई ।’ प्रेमलाई सुमसुम्याउँदै ममता भन्छे -’पुष्पा दिदी सजिलैसित चाट्न दिनुहुन्छ ।’

‘धत् ! के कुरा गरेकी तिमीले ममता ?’-प्रेम भन्छ ।

‘पुष्पा दिदीलाई बोलाइदिऊँ ?’-ममता भन्छे ।

‘माइत गएकी छे । यत्रो बोलाउँछेस् । तेरो लोग्नेलाई बोलाइदिऊँ ?’-प्रेम भन्छ ।’

‘परेको छैन कसैलाई बोलाउन ।’-ममता भन्छे ।

‘कसलाई बोलाइदिऊँ त ?’- प्रेम भन्छ ।

‘कालो कुकुरलाई बोला न । तागत छ तेरो ? बूढीको पोइ ।’-ममता हाँस्दै भन्छे -’चाउरे बूढो ।’

यत्तिकैमा प्रेम गफलाई अर्कैतिर मोड्ने दाउ गर्छ । ऊ जुरुक्क उठेर झ्यालतीर जान्छ र बाहिर केही हेर्छ । एकछिनपछि झ्यालबाट फरक्क फर्केर ढोकानिर उभिदै घडी हेर्छ । घडीमा दश बजिसकेको हुन्छ ।

‘ममता ! एकछिन है । म माथि गएर स्टोभ बालेर आउँछु ।’-हतारिँदै प्रेम भन्छ ।

‘कति चाँडै भोक लागेको तिमीलाई ? एकछिन बस न । खानैको हतार । धेरै भयो तिमीसँग बस्न नपाएको भनेर पो आएकी ।’-ममता मुसुक्क हाँसेर भन्छे ।

‘एकै मिनेट त हो नि ।’ ममताको काँधका बिस्तारै थपथपाएर प्रेम भन्छ । प्रेम कोठाबाट बाहिर निस्केपछि ममतालाई विरक्ति लागेर आउँछ । उनी कहिले झ्यालमा गएर हेर्छिन् त कहिले कोठाको चारैतीर घुमेर दराजको माल हेर्न थाल्छिन् ।

टिन्न…टिन्न… -फोनको आवाज आइरहेपछि ममताले फोन उठाउँदै भनिन् -’हल्लो !’

‘पुष्पा दिदीको घर हो ?’

‘हो, हो । कसलाई खोज्नुभएको ?’

‘पुष्पा दिदीको साथीले एउटा खबर पुष्पा दिदीलाई भनिदिनू भनेर पठाउनु भएकोले उहाँलाई खोजेको ।’

‘तपाईँ को त ?’

‘खै, को भनूँ ? न उहाँ मलाई चिन्नुहुन्छ न म उहाँलाई । खालि खबर सुनाइदिऊ भनेर मात्र ।’

‘के खबर हो ?’

‘तपाईँ पुष्पा दिदी हो ?’

‘पुष्पा दिदी त होइन पुष्पा दिदीको घनिष्ठ साथीमध्येकी चाहिँ हुँ ।’-उत्तेजित भएर ममता सोध्छे- ‘पुष्पा दिदीलाई भन्ने कुरा मलाई भने फरक पर्नेछैन ।’

‘तपाईँ को हो त ? तपाईँको स्वर सुन्दा कताकता चिनेजस्तो लाग्यो ।’

‘मलाई पनि त्यस्तै लाग्यो ।’-ममता हाँस्दै भन्छे -’पुष्पा दिदी अहिले यहाँ छैन । पुष्पा दिदीको दुलहा छ उहाँलाई बोलाइदिऊँ ?’

‘पर्दैन कसैको दुलहालाई बोलाउन ।’

‘कसको स्वास्नीलाई बोलाइदिऊँ त ?’-ममता जिस्कँदै भन्छे ।

‘लाज नभएकी मान्छे ।’

‘खुब लाज भएकी मान्छे तिमी त । पुष्पा दिदी नै चाहिने मान्छे हगि ?’

‘यस्तो मान्छे त मैले कहिले पनि देखेको थिइनँ ।’

‘मैले त देखेको थिएँ बा ! तिमी जस्तो मान्छे । भरे भेट्ने हो ? अनि मलाई राम्ररी देख्नेछयौ । राम्ररी देखाइदिउँला तिमीलाई । पक्कै आउने हो ?’ ममता भन्छे ।

‘तिमी आउने कि म आउने ?’

‘जो आए पनि के फरक पर्ने हो र ? म नै आउँला हुन्न ? तिमी कति बजे आउने हो मलाई लिन ।’- ममता सोध्छे ।

‘ठीक छ-सात बजेतिर रत्नपार्क अगाडि भेटौं । अँ, एउटा कुरा कति पेगसम्म… ।’

‘दुई पेगभन्दा बढी म कहिले पनि लिन्नँ ।’- ममता आत्मीयतासाथ सोध्छे- ‘तिम्रो नाम के हो त ?’

‘नाम किन चाहियो ? भेट भएपछि नै चिनापर्ची गरे हुन्न र ?’

‘हुन्छ । मैले तिमीलाई चिनिसकेँ । तिमीले मलाई नचिने पनि । तिम्रो लोग्नेलाई पनि मैले चिनेकी छु ।’-ममता विश्वासिलो बन्दै कुरा गर्छे ।

‘मेरो लोग्नेलाई कसरी चिन्यौ ?’

‘तिमी नै सम्झ मैले कसरी चिनेहुँला ।’-ममता भन्छे ।

‘स्वास्नीमान्छेसित घृणा गर्ने मानिसले कसरी तिमीलाई चिन्न पुग्यो ? तिमीले मेरो लोग्नेसित राम्ररी कुरा त गरेकी छयौ ? शायद मेरो लोग्नेबारे कसैले कुरा गर्दा तिमीले उसबारे केही सुनेको होला ।’

‘कैयौँ-कैयौँ रात तिम्रो लोग्नेसित गिलास साटासाट गरेर रक्सी पिएकी छु । उसलाई मन नपारउने स्वास्नीमान्छे नै थिएनन् होला । तिमीलाई त मन पर्दैन होला उसको लजालुपनले गर्दा ।’-ममता गम्भीर भएर भन्छे -’त्यही कमजोरीले गर्दा नै उसलाई खुला हृदय भएको व्यक्ति बनाएको छ ।’

‘बल्ल अलि-अलि चिनेजस्तो लाग्यो । तर ठम्याउन भने अझ सकेको छैन ।’

‘ठम्याउने प्रयास नगर्नु नै वेस ।’-ममता अलि नरम भएर भन्छे -’ल भरे भेटौंला है । पुष्पा दिदीलाई केही भनिदिनु त पर्दैन होला ।’

‘पर्दैन । बुझेँ । तपाईँ त लोग्नेमान्छेकोमा पनि लोग्नेमान्छे । पुष्पादिदीको घरको लोग्नेमान्छे ।’

‘ल, मैले फोन राखिदिएँ । नबिर्सनू नि अब ।’ फोन राखेर कौचको पछाडि टाउको राखेर आँखा चिम्लँदै ममता केही सोच्न थाल्छे । उसको अगाडि एउटा कालो धब्बा आएर आँखा नै बन्द गरेजस्तो लाग्न थाल्छ ।

घन्टौँ बेरपछि प्रेम कोठाभित्र पस्दा ऊ झसङ्ग हुन्छे । ममतालाई देख्नेबित्तिकै ऊ माफी माग्दै भन्छ -’ममता ! मलाई माफी देऊ है । भुसुक्क बिर्सेछु मैले त । म कहाँकहाँ गएर आइसकेँ । तर्कारी, मासु, दूध, सबथोक किनेर ल्याइसकेँ । यो दिमागले काम गर्नै छाडिसक्यो । सम्झनाशक्ति नै कहाँ गयो कहाँ । एकैछिनमा सबै थोक तयार भइहाल्छ । खाइसकेपछि मीठो मीठो गफ गरेर बसौँला ।’

‘केही भएको छैन । के भयो र ? हडबडाउनुपर्दैन । म पनि फोनमा व्यस्त । म त अर्कै संसारमा पुगिरहेको । तिम्रो कोठामा छु भन्ने कुराको ख्यालै नभएको । अहिले तिमी कोठाभित्र पसेपछि पो मलाई लाज लाग्न थाल्यो ।’- ममताले आत्मीयतासाथ प्रेमलाई सान्त्वना दिँदै भनी ।

‘मासु पाकिसक्यो । भात बसालेको छु । अब एकै छिनमा… । तिमीलाई भोक लागिसक्यो कि ? एक दुई टुक्रा मासु चाख्छयौ कि ?’- प्रेम मायालु तालले भन्छ ।

‘अब एकैपल्ट ग्वामग्वामती मासु-भात खाने । चाख्ने बानी त मलाई मनै पर्दैन । तिमीलाई मन लागेको छ भने एकदुई टुक्रा मासु खाए भइहाल्छ नि ! तिमी बस । म गएर ल्याइदिउँला ।’- ममता कौचबाट उठेर अर्को कोठातीर जाँदै भन्छे ।

ममताको पछिपछि प्रेम लाग्छ । भान्छाकोठाभित्र दुवैजना पस्छन् । प्रेसरकुकरको बिर्को खोलेर प्लेटमा मासु हालिसकेपछि दुवैजना फेरि कोठामा फर्केर कौचमा बस्छन् । ममता प्रेमको मुखमा एक टुक्रा मासु हालिदिन्छे । त्यस्तै प्रेम पनि ममताको मुखमा मासुको टुक्रा राखिदिन्छ । दुवै एकअर्कालाई जिस्काउँदै हेरिरहन्छन् । त्यसैबेला फोनको घन्टी बज्यो । अनायास ममताको हात फोनको रिसभरमा पुग्छ । फोन उठाउँदै ममता बोल्छे -’हल्लो !’

एकैछिनमा फोन राखिदिएपछि प्रेम सोध्छ -’कसको फोन ?’

‘फोन त तिम्रै हो ।’ ममता भन्छे ।

‘मेरो भए मलाई किन नदिएको ? कसले गरेको ?’-हच्केजस्तो गरेर प्रेम सोध्छ ।

‘शङ्करले भनेको आज आउन मिलेन भनेर प्रेमलाई खबर गरेको रे । यही हो फोन । आवाज कसको थाहा छ ? स्वास्नीमान्छेको !’ ममता प्रेमलाई उल्ल्याउँदै भन्छे -’देख्यौ त ?’

‘तिमीले शङ्करलाई चिनेकी छयौ ?’- प्रेम ममताको मुखमा हेरेर सोध्छ ।

‘किन र ?’-ममता सोध्छे ।

‘जोसुकै स्वास्नीमान्छे पनि शङ्करलाई मन पराउँछन् । अधवैँसे मोरीहरुको त कुरै नगरे हुन्छ रे । अनुहार कति हँसिलो । खिसिक्क हाँसिदिएपछि त के भन्नु सबैको हृदय नै अँठयाइदिन्छ रे । स्वास्नीमान्छेको जस्तो मिजास । उसले जिस्काउनुपर्नेमा उल्टो स्वास्नीमान्छेले उसलाई जिस्काउनुपर्ने रे ।’- बुझक्कड बन्दै प्रेम भन्छ ।

‘तिमीले आफैँले सङ्गगत गरेका छौ कि छैनौ ?’-ममता सोध्छे ।

‘सङ्गत गर्दै छु ।’- प्रेम भन्छ ।

‘ज्यादै लज्जालु मान्छे । धेरै बोल्दैन । मैले कतिपल्ट त्यसलाई छेड हान्दा पनि सुनिरहन्छ । राम्रो त त्यती राम्रो मानिस होइन, तैपनि हिसी परेको मान्छे । त्यसलाईर् देखेपछि लोभ लागिहाल्छ । कहिलेकाहिँ यसो विचार गर्छु – त्यसलाई लोग्ने बनाउने स्वास्नी कस्ती होली ?’- ममता भावुक हुँदै भन्छे -’पुष्पा दिदीले यसबारे केही बताउनुभएको छैन ?’

‘पुष्पालाई त उसको अनुहार देख्यो कि माया लागेर आउँछ रे । कति मिलनसार छ भने रिसाएको आजसम्म देखेको छैनँ भनेर पुष्पा शङ्करको तारिफ गर्छिन् । अनुहार हेरेर मात्र विचार गर्नुपर्छ रे । रिसाएको बेलामा त्यसको अनुहार कतिसम्म रातो हुन्छ भने साँच्चै त्यसले केही गरीहाल्छ कि भनेर डराउनुपर्ने हुन्छ रे । त्यस्तो बेलामा केही नबोली कोठाबाट खुसुक्क बाहिर निस्कने गरेको कुरा पुष्पा गर्थिन् ।’- खुलस्त रुपमा प्रेम ममतालाई भन्छ ।

‘पुष्पा दिदीले त्यसलाई लोग्ने बनाउने प्रयास खुब गर्नुभएको थियो । पुष्पा दिदी कहाँ खुब आइरहन्थ्यो ।’-ममता भन्दै जान्छे -’पुष्पा दिदी पनि कम बाठी हुनुहुन्थ्यो र ? एक दिन दिनभर एउटी बूढीलाई जिम्मा लगाएर घरकुरुवा बनाएर आफू घुम्न जानुभयो ।’

‘तिमी त उसकी स्वास्नी बनिसकेकी थियौ रे नि ।’- प्रेम कुरा खोतल्दै सोध्छ ।

‘कसैले पत्तो नपाउने गरी शशीलाई शङ्करले स्वास्नी बनाइसकेको रहेछ । रिताको बाबुआमाले झन्डै त्यसैसँग विवाह गरीदिन लागिसकेका थिए । पुड्के भए पनि केटी त खुब खेलाउन जान्दो रहेछ । सबै कुरा मन परे पनि त्यसको रिसाउने बानी देखेरै मलाई घृणा लागेर आउँछ । बेसरी गाली गरेर दुईचार लात दिने मान्छे बस । चुपचाप जगल्टा लुछेर लातका लात हाने पनि केही नभनी सहन सक्छु म त । रिसाएर भित्रभित्रै जल्ने मान्छेको विश्वासै हुँदैन । त्यस्ताले त भित्रभित्रै सास्ती दिएर मनलाई थिलोथिलो पार्छन् । त्यस्तालाई त हृदय नभएको पाजी भने पनि केही फरक पर्दैन ।’-ममता भावुक बन्दै भन्छे ।

‘पात्तिएकी मोरी ! हामीजस्ता त काम नलाग्ने भयौँ । रक्सीले टिल भएर लातका लात हान्न सक्ने रिफेल पो चाहिँदो रहेछ तिमीलाई । आमाले थाहा पाई भने त तेरो जगल्टाको रौँ नै रहनेछैन ।’- प्रेम हाँस्दै भन्छ ।

‘लोग्नेले त सकेन भने आमाले के सक्लिन् ?’- ममता अलि बाउँठिएर भन्छे – ‘लोग्नेमान्छेको विश्वासै नहुने । भनेजस्तो गरे पनि चित्त बुझाउने गाह्रो । जति दिए पनि अर्कोतीर आँखा लगाउने बानी देख्दैमा मलाई असहृय हुन्छ । कहिलेकाहीँ त बौलाऊँ जस्तो लाग्छ ।’

‘लोग्नेमान्छे सबै तिमीले भने जस्तै हुन्छन् र ? लोग्नेमान्छेको इच्छालाई बुझ्न सक्नुपर्छ ।’- प्रेम हाँस्दै भन्छ ।

‘खालि सास्ती दिनु सिवाय लोग्नेमान्छेले अरु के जानेको छ र ?’- ममता भन्छे ।

‘मैले तिमीलाई सास्ती दिएको छु त ?’-प्रेम भन्छ ।

‘सास्ती नै भन्नुपर्‍यो नि । सजिलोसित हुने कामलाई नाना थरी गर्न थालेपछि त्यसलाई के भन्ने ? घन्टौँबेर तिमीले भनेजस्तो गरेर चल्न पाए तिमीलाई आनन्द आउने, नत्र भने रिसाएर जथाभावी गर्ने होइन त ?’-ममता निर्लज्जतासाथ भन्छे ।

‘तिमीले भनेको कुरा ठीक हो । मेरो बाबुको झोक पनि त्यत्तिकै कडा छ । त्यसैले ममा त्यसको प्रभाव परेको हुनसक्छ । रिसाएको बेलामा मेरो बाबुले आमालाई लातका लातले बजाउँछन् । मेरी आमाले पनि हातैहातले बेसरी फिलामा थप्पड मारेपछि मरेँबा भन्दै घोप्टो परेर रुन थाल्छन् । झगडा नभएको रातै छैन ।’ -प्रेम भन्छ ।

‘तिम्री आमाले त घिसार्दै ल्याएर तिम्रो बाबुलाई पेटीकोट र ब्रा लगाइदिएर माया गर्दै तँलाई बजिनी नाठो लगाएर ठीक गरिदिऊँ भनिन्छन् रे हो ?’- ममता हाँस्दै सोध्छे ।

‘नचाहिने गफ । मारामार गर्छन् । लुगा च्याताच्यात हुन्छ । भोलिपल्ट ऐनाअगाडि उभिएर बूढाले नयाँ ब्रेसियर लगाइदिएपछि त के भन्ने ? मान्छेको स्वाद पनि गजब गजबको छ हगि ?’- प्रेम भन्छ ।

‘मलाई त तेरो बाबुको आँखा देख्दैमा डर लागेर आउँछ । आँखा झिम्मै नगरेर हेर्छ । त्यसले अँठयाउन पायो भने त जिउँदै सुकुटी पारिदिने हो कि जस्तो लाग्छ ।’-ममता उत्तेजित हुँदै भन्छे -’धेरै भयो, म अहिले जान्छु । भोलितिर आउँला । आज मलाई सास्ती नदेऊ । कुनै दिन तिमीले भनेजस्तै… । मेरो हातै गलेको छ आज । बिहानभर तिम्रो जुवाइँको स्याहार-सुसारले वाक्क भएर आएको म ।’

‘धेरै बेर होइन । एकैछिन राख्ने मात्र । अरु केही गर्दिनँ ।’-प्रेम मायालाग्दो स्वर निकालेर भन्छ ।

‘दुई दिन अरु… । अब दुइटा इन्जेक्सन मात्र बाँकी छ ।’-ममता भन्छे ।

‘त्यो गधाले कहाँबाट सारेर ल्याएछ ?’-प्रेम सोध्छ ।

‘कसले कहाँबाट कुनबेला कसरी ल्यायो भनेर म कसरी भनूँ ।’ ममता उठ्दै भन्छे -’आफैँले आफैँलाई सुमसुम्याएर आनन्द लिनू । आज एकदिन तिम्रो हात गल्ने भयो ।’

आफ्नो जिब्रो बाहिर निकालेर ममतालाई बेसरी अँठयाएर प्रेम भन्छ – ‘तिमीले थाहा पायौ त्यो गुरुङसिनी क्या, कमलाले पेट बोकिछ ।’

‘कसको ?’-ममता सोध्छे -’तिम्रो कि शङ्करको ?’

‘उसैलाई गएर सोध ।’- प्रेम भन्छ ।



‘आज त म धेरै थाकेकी छु । केही नगरेर सुरुक्क च्याप्पिएर सुत्ने भए मात्र । होइन भने तिमी आफ्नै ओछयानमा गएर सुत ।’ मुसुक्क हाँसेर ओछयानमा पल्टँदै पुष्पा भन्छे ।

‘कुनचाहिँले आएर थकायो तँलाई ? मसँग सुत्नुपर्‍यो कि जहिले पनि तँलाई थकाइ लाग्छ ।’- रिसाउँदै प्रेम भन्छ ।

‘कसैलाई सम्झेर आज सुते भइहाल्छ नि । कस्तो रिसाहा मान्छे । आफूले भनेको भएन भने बम्किहाल्नुपर्ने ? आज त मलाई सुत्न देऊ । निद्रा लागिरहेछ । भोलि दिउँला, फरक पर्दैन ।’-गम्भीर भएर पुष्पा भन्छे ।

‘तँलाई पूजा गर्न ल्याएको हो त मैले ?’-झर्कदै प्रेम भन्छ ।

‘खालि झगडा गर्न मात्र कति जानेको ? पूजा गर्न ल्याएको भनेर कसले भनेको छ र ? सानो कुरामा पनि निहु खोजिरहने । यस्तो मान्छेलाई त कसैले पनि रुचाउँदैन । म भएर मात्र सहन सकेको ।’- प्रेमको मुखमा हेरेर पुष्पा भन्छे ।

‘पगली कहिँकी ! तँ पगली भइस् भन्दैमा सबैले पागलै बन्नुपर्ने ?’-जङ्गिदै प्रेम भन्छ ।

‘कसले पागल बन्नु भनेको छ र ? खुरुक्क सबै कुरा बिर्सेर सुते भइहाल्छ नि ! सकेँ भने भोलि दिउँला भनिसकेकी छु नि । अहिलेलाई त म सक्तैसक्तिनँ । निद्रा लागिरहेछ ।’- आफ्नो अडानमा अलिकति पनि नदबेर पुष्पा भन्छे ।

‘घोडी कहींकी । जहिले पनि कराइरहनुपर्ने ।’-आफ्नै सुरमा कराउँदै प्रेम भन्छ ।

‘सजिलैसित पाइने कुरा हो र ? भन्नेबित्तिकै कुन चाहिँको सस्तो छ र सजिलैसित दिनु !’-अलि कड्केर पुष्पा भन्छे ।

‘खुब थाहा छ तँलाई ? सबै तै जस्तै होलान् । आफूलाई सबै जान्ने ठान्छेस् होइन त ?’-आˆनो अहँ देखाएर प्रेम भन्छ ।

‘बड्ता किन कराउनुपर्‍यो ? जान्ने मान्छेले अरुलाई किन दुःख दिने ?’- भित्तापट्टी मुख फर्काउँदै पुष्पा भन्छे -’मलाई सुत्न दे । सुत्न लाग्यो कि झगडै गर्नुपर्ने ।कस्तो मान्छे !’

‘कसले तँलाई छेकको छ र ? सुत् … मजासँग सुत् । अघाउन्ज्याल सुत् ।’-प्रेम भन्छ ।

‘जति दिए पनि नअघाउने ? विवाह भएको यत्तिका वर्ष भइसक्दा पनि कहिल्यै अघाएँ भनेको सुन्न पाएकी छैन । यतिका छोराछोरी नदिएको भए यसै जन्मे होलान् । दिनको तीन-चार पटकसम्म पनि सजिलैसित दिएको त कता बिलायो कता ! असन्तोषी मान्छे ।’- भुतभुताउँदै पुष्पा भन्छे ।

‘खुब दिइस् ? चिच्याउनुपथ्र्यो बुझिस् । कतिचोटि त तान्न जान्नुपथ्र्यो । सजिलैसित कहिले दिएकी थिइस् तैँले ?’- फुर्ती देखाउँदै प्रेम भन्छ ।

‘रन्डीलाई त फकाउन जान्नुपर्छ भने म त स्वास्नी । यसै पाइन्छ ? कसको माल सस्तो छ र भन्नेबित्तिकै सुरुक्क पाइने ? स्वास्नी भन्दैमा तँलाई जुनबेला चाहियो त्यहीबेला सुरुक्क फर्काउनुपर्ने मैले ? माया गरेर पगाल्न सक्नुपर्छ । झम्टँदैमा पाइने भए सबैले बहुलाले झैँ झम्टने थिए । भनेजस्तो गर्न रन्डीसित विवाह गर्नुपथ्र्यो । फलामको शरीर हो र मेरो ?’- पुष्पा भन्दै जान्छे ।

‘तैँ रन्डीले जानेकी छस् सब कुरा । ठीक छ । सुत्, मजासँग सुत ।’- प्रेम भन्छ ।

‘सुमसुम्याइदिने भए मात्र … आइज म सुमसुम्याइदिन्छु ।’- पुष्पा जिस्कँदै भन्छे ।

‘मेरो आफ्नै हात छँदैछ नि ! तँलाई के को दुःख ?’- आफूलाई नाङ्गो पार्दै प्रेम भन्छ ।

0 comments:

Post a Comment

चिकामारी छलफल