केटी र केटा

Sunday, 19 August 2012

केटी आइ, म चिया पिउँदै थिए । उसले कथा लेखेको पैसा दिने कुरा गरी । म बेरोजगारीको बारेमा कथा लेख्ने सोच्दै थिए ।
?म भन्छु, सबै आइमाईहरू बेश्या हुन्?, केटोले बडो गर्वका साथ भन्यो मानौ कि उसले निकै ठुलो दर्शनको ब्याख्या गरेको छ । उसका गडेका आँखाहरू पनि बाहिर निस्केर चम्किउँला जस्ता भए । केटीलाई अचम्म लाग्यो, उसले कसरी बिर्स्यो उसकी आमा पनि आइमाई नै हो ।
?के त्यसो भए तपाई बेश्याको छोरा??, केटीले मुखले भनिन सायद भन्नु पर्थ्यो । केटो उसले लेखेको कुनै कथाको बारेमा भन्दै थियो । कथा एउटी बेश्याको बारेमा थियो । कुनै पत्रिकामा छापिएको थियो र उसलाई लाग्थ्यो त्यो कथा उसले लेखेको एकदम उत्कृष्ट कथा थियो ।
केटा र केटीको दोस्ती एक बर्ष पुरानो थियो । उनीहरूले धेरै कुरा गरेका थिए, एक दुईवटा फिल्म पनि हेरेका थिए । कहिले काँहि चिया पनि खाएका थिए । केटीले बोलाउने बित्तिकै कटो जँहा पनि पुगेको थियो ।
केटा र केटी ठमेलतिर बरालीरहे। संचयकोष भवन अगाडी केटो पर्खिरहेको थियो । रातको दश बजे, दुबै केवल ठमेलको रात हेर्न चाहन्छन् । रक्सी नपिउने हुनाले केटी ठमेलको रात भोग्ने हिम्मत राख्दिन ।
केटोले खाना खाएर आएको भएपनि केटी भोकै थिई । खल्तिमा भएको पाँचसयलाई ध्यानमा राखेर उसले एकसयको भेज मोमो मगाइ । बजार महंगो छ, प्रति मोमो दश तिर्नुपर्दा केटीलाई लाग्यो । केटो उसको शहरको कुनै केटीको बारेमा कुरा गर्दैथियो ।
?हामी घन्टौ फोनमा कुरा गर्थ्यौ, ऊ पनि गर्थी अनि म पनि गर्थे?, उसले शुरू गर्यो ।
केटीले मोमो चबाउँदै सोधी, ?के कुरा?? ?यत्तिकै गफगाफ!?, उसले तातो पानी मगाएको थियो, एक घुट्की लियो, ?पछि उसले हल्ला गरिछ म ऊसलाई मन पराउँछु भनेर । अनि मैले लेखे केटी तँ बेश्याहोस् । त्यसरी बिनाकाममा मसंग गफ गर्ने तँ बेश्या होस्?
?तपाई पनि त बिनाकाममा गफ गरीरहनु भएको थियो नि, के त्यसोभए तपाई बेश्यो त??, केटीले फेरी पनि भनिन, सायद भन्नुपर्थ्यो । केटीलाई लाग्यो, हुनसक्छ, उसले साथी मात्र सम्झेर कुरा गरेको थियो।
?अनि ऊ सारा सहरमा बदनाम भइ?, केटोले कुनै ठुलो युद्धको बिजय पश्चात देखिने मुस्कान र राहत अनुहारमा ल्यायो । केटीले देखी, केटोको अनुहार चम्किरहेको थियो । केटो ठमेलको रात्री जिवनको बारेमा लेख्न भनेर आएको थियो । कपी र कलम नलिइकन ।
?तपाई त लेख्ने कुरा केही नलिई आउनु भएछ??, केटीले सोधी । ?फुरेपछि किनौला!?, केटोले मुसुक्क हाँस्दै जवाफ दियो । केटीले केटोको मुस्कानलाई कुनै अर्थ दिइन, उसलाई लाग्यो उसको मुस्कानमा कुनै कुटिल अर्थ छैन । ठमेलमा रातमा के छ र? रक्सी नखाने र डिस्को नछिर्नेलाई रातमा ठमेलमा केही छैन । खाते केटाकेटीसंग जिस्कनु कुनै खतरा निम्त्याउनु हो अनि समलिंगीका ओठका रातो गाढा लिपिस्टीक केटीलाई सारै घिनलाग्दो लाग्छ । ओम मानपेमीका धुनहरू पनि बज्न छाड्छन्, दोहोरी रेष्टुरेन्टबाट आइरहेको चर्को दोहोरी गित पनि कान मात्र खाने हुन्छ ।
?त्यो के लेख्छ, खाली शब्दहरू थुपार्छ?, केटोले कुनै चलेको लेखकको बारेमा भन्यो ,?अनि त्यो खाली सम्पादकको चाकरी गर्छ? अनि आफ्नो कुनै सहकर्मीको बारेमा पनि भन्यो ।
केटीले जाडो भएकोले दुबै हात बाधी र आफैले आफैलाई न्यानो पारी । गफ खासै रमाइला भएनन्। केटी खल्तीमा भएको सानो डायरीमा बेलाबेलामा केही लेखेजस्तो गर्थी ।
?म ?सेकेण्ड ह्याण्ड ईमोशन?को बारेमा कथा लेख्न चाहन्छु?, केटीले भनि । केटो फेरी उसैगरी मुस्कायो । केटी केही लेख्न थाली, केटोले डायरी खोस्यो र पढ्यो, ?अब जमाना सेकेण्ड ह्याण्डकै छ, किनकी नयाँ किन्न महंगो पर्छ?
केटी लजाई, उसलाई लाग्थ्यो केटोको अगाडी केटी निकै सानी छे। दुई कप कफी खाएर स्यान्डविच सेन्टरबाट बाहिर निस्कदा रातको दुइ बजेको थियो । केटो के के निहुँमा केटीलाई छुन खोज्छ, केटी घरी तर्कन्छे, घरी वास्ता गर्दिन ।
?केटा र केटी केही गरे पनि साथी हुन सक्दैनन्?, कुनै पुरानो भेटमा केटाले भनेको थियो ।
?त्यसो भए मसंग के सम्झेर डुलीरहेको??, केटीले त्यतिखेर पनि भनिन् । उसले सायद भन्नुपर्थ्यो ।
केटीका आँखाहरू आफसेआफ बन्द हुन खोजे जस्ता देखिए । केटो पनि निद्राले चुर देखिन्थ्यो । बिहानीको दुई बजे ठमेल पनि सुत्ने तर्खरमा देखिन्थ्यो । निद्राले चुर भएपछि केटीले उसको कोठामा जाने प्रस्ताव स्विकारी । केटीलाई लाग्थ्यो, केटो त्यति तल्लो स्तरको कथाकार होइन । केटी उसलाई विश्वास गर्थी। केटीको नजरमा केटो मात्र गफाडी लेखक भएपनि केहि असल मान्छेको गुण बाँकी नै नरहेको मान्छे भइसकेको थिएन । उसले कुनै होटलको कोठा पहिलाबाट नै बुक गरेको रहेछ, उसले भनेको थियो ऊ केही दिनदेखी घरमा सुतेको छैन । केटी केही घन्टा आँखा चिम्लेर भोली अफिसका लागी तयार हुन चाहन्थी ।
टीभीमा केही रमाईलो नभएपछि उनिहरू गम्भिर गफगाफमा लागे । केटीलाई लाग्यो, केटो उसको कुरा बुझ्न सक्छ । केटोले भन्यो उसको बाउसंग भेटघाट नभएको धेरै भयो । केटीको पनि त्यस्तै केही कथा थियो ।
?मलाई लाग्छ, म आत्महत्या गरौ?, केटीले भने ।
?म मारीदिन्छु तिमीलाई?, केटोले अचानक भन्यो । उसले ठट्टा गरेको जस्तो पटक्कै सुनिएन ।
?ल मारीदिनुस?, केटीले पनि ठट्टा नगरी भनी ।
केटोले केटी घाटी अठ्यायो, जोडले, केटी छट्पटाई तर उसले छाडेन । केटी ओछ्यानमा लमतन्न परेर पसारीन पुगी, केटोले माथिबाट घाटी दबाइरहेको छ । केटीले आँखा बन्द गरी, लाग्यो अब ऊ मर्ने भई। तर अचानक केटोले उसको ओठमा चुम्बन गर्यो । केटी सास फेर्दा फेर्दै मरी । उसले सारा बल निकालेर आफुलाई फुत्काई । उसको सबै शरिर तापले बल्यो, एकछिनका लागि उसलाई लाग्यो, ऊ सकिई । उसको सबैथोक गुम्यो । ऊ बाथरूममा पसी र धेरैबेर चिसो पानीमा टाउको चोबली । केटोले सोचेको थियो, केटीले पनि आशक्ति देखाउनेछे । केटी त्यसरी बहुलाउली भन्ने उसले सोचेको थिएन, उसका गडेका आँखाहरू जमिनतिर झुके । केटी रोइरहेकी थिई, केटीलाई उसको नँया कथाको मुल्य निकै ठुलो चुकाएको आभाष भो । केटी खाटमा बसेकी छे, केटो भुइमा बसेर अनुनय विनय गर्दैछ । शहर चकमन्न छ, हुन त शहरमा हल्ला नै भए पनि केटी कसलाई पो गुहार्न जान्थी र ?
?मैले त्यस्तो सोचेको थिइन?, बोल्दा केटोको ओठ कामेको केटीले देखी, उसको स्वर लरबराएको थियो। ऊसले केटी खुट्टा समायो र भन्यो, ?माफ गर? केटीले माफ गरी । केटीले आफुलाई सम्झाई, त्यो उसको आशक्ति थियो मेरो होइन । बस, केटी फेरी आफ्नै संसारमा फर्किई । केटीले केटोलाई बिर्सिई । केटोले केटीलाई बिर्सियो होला भन्ने केटीलाई लाग्यो । केटीले कथा लेख्नेबारे पनि बिर्सीई ।
शरद ऋतुको एउटा बिहानीमा केटीले केटालाई देखी । ऊ मोटरसाइकलमा कतै जाँदै थियो । स्वभाविक थियो केटोले कटीलाई चिनेन, केटीले चिनी । केटीले हात हल्लाको देखीदेखि पनि उसले मोटरसाइकल दौडायो । केटीले ?किन त्यसरी दौडेको, लाज लाग्यो?? लेखेर तुरुन्त म्यासेज गरी, उसले लेख्यो ??????????????संग के लाज?? केटीले तुरून्त त्यो खाली ठाउँ भरी, ??बेश्यासंग के लाज??
केटी आईमाई थिई र ऊ आइमाईकै गर्भबाट जन्मे पनि सोच्थ्यो कि हरेक आमामाई बेश्या हो, उसकी आमा पनि!
?चिया सेलायो?, ती आइमाईले भन्दा म झस्किए । म खै के हेरीरहेको थिए कुन्नी चिया खान बिर्सेछु । सायद म उनकै थकित आँखा हेरीरहेको थिए । मैले चुपचाप चिया समाए । म बोल्न नसक्ने भएको उनले चाल पाइसकेकी थिइन । म धेरै बोलीसकेको थिए, घरी आँखाले त घरी ओठले । लर्बराएको स्वरले सिक्क सिक्क गर्दै मैले उनलाई त्यो रातको केटा र केटीको कहानी बताए । उनले मेरो हात बिस्तारै समाईन । म थर्रररर काँपे । मैले देखे, दुबै कुना मुजा परेका उनका आँखाले केटीलाई माफ गरेका थिए । मैले मेरो टाउकोलाई उनको काँधको सहारा दिए । तिनी पनि रोईछन्, मेरो गालामा आँशुको थोपा चुहियो ।
?छोराको बिहे गर्नेबारे म सोच्दै थिए?, तिनले भनिन, ?केटी हेर्दै थिए म, राम्री शुशिल केटी?
मैले तिनको अनुहारमा हेरीराखे, म तिनको कुराले डराए ।
?तिमी अर्को अर्थ नलाउ?, तिनले बुझिछन्, ?अब म कसरी केटी खोजु??
?किन र तपाईको छोरा त लोग्नेमान्छे हो, यो कुरालाई समाजले पचाइहाल्छ नि?
?छोरो त लोग्नेमान्छे हो तर बुहारी त आइमाई हो नि, अनि मेरो छोरो भन्छ हरेक आइमाई बेश्या हो, कसरी म बेश्यालाई छोरोको घाटीमा बाधीदिउँ?, तिनले मुसुक्क हाँस्दै भनिन, ?मेरो छोरो अब कुमार नरहेर पनि कुमार रहने भो!?
?तिमीसंग एउटा कुरा भन्छु है?, उनले छुट्टीने बेलामा भनिन । म अझै बोल्न सकिरहेको थिइन, ?हुन्छ? मैले मुन्टो हल्लाए ।
?कथा छापिएपछि म कँहा लिएर आउनु है??
?के म यसको बारेमा कथा लेखु??, मैले तुरुन्तै सोधे, ?तपाईलाई नराम्रो लाग्दैन??
?तिमी केवल कथाकार हौ, आइमाई भएर सोच्न थाल्यौ भने हरेक पुरूष पात्रका आमाहरू निरिह देख्छौ?, तिनले मेरो हात फेरी समाइन, ?तिमी बस कथाकार भएर सोच, र केटीको कथा लेख । तर आइमाई मात्र भएर होइन, कथाकार भएर?
मेरो कथा निकै जटिल मोडमा थियो । म केटीको बाउलाई कथाको नायक बनाउन चाहन्थे तर ?छोरी मान्छे भएर त्यति राती केटा भेट्न किन गएकी?? केटीको बाउ कुर्लन्थ्यो । केटीकी आमा पनि ?हामी जे भएपनि आइमाइ हौ? भनेर लाचार सुनिन्थी । साथीले पनि उसलाई त्यति राती जानु नै उसको दोष भएको भन्न सक्थी । ?के केटा र केटी रातमा केवल साथीको नाताले भेट्न सक्दैनन्??, केटीको प्रश्नमा साथीको जवाफ हुनसक्थ्यो, ?जे भएपनि ऊ केटामान्छे हो सबले उसको कुरा पत्याउँछन् । तिमी एक्ली हुन्छ्यौ? यो त्यति सजिलो थिएन । म केटीले चुकाएको मुल्य असुल्न चाहन्थे । म ती एकजोडी आँखालाई पनि सम्झन्थे र लेख्थे ।
म कथाको अन्यमा पुगेको थिए ।
एउटा झरीपरिरहेको मध्यदिनमा बिराज केटीलाई भेट्न गयो । ऊ आँखामा प्रश्न र त्यसको जवाफ नपाई नछाड्ने भाव लिएर गएको थियो । केटी किताब मिलाउँदै थिई ।
?तँ मलाई मेरो बहिनी जस्तो लाग्थ्यो?, उसले भन्यो उभिइउभिइ । केटी उसलाई बस्न कर गरीरहेको थिइ ।
?किन अब लाग्दैन?, केटीले कर गर्न छाडेर सोधी । उसले बल्ल केटीतिर हेर्यो, ?ऊ भन्छ तैले उसंग रात बिताइस, ऊ तेरो बारेमा राम्रो कुरा गर्दैन । तैले उसंग पागल जस्तो हरकत गरिस रे?
बिराज र केटो एउटै अफिसमा काम गर्थे । केटी एकछिन बोलिन तर बिराजमा केटीको मौनतालाई सहने क्षमता थिएन। उसले केटीको कुम हल्लायो, ?के तँ त्यति तल झरेकी होस् त??
?तँलाई के लाग्छ??, केटीले सोधी, उसका आँखामा हेरेर, ?तँ उसको कुरा सुनेर आइस, मेरा कुरामा विश्वास लाग्छ ??
?म तेरो मुखबाट सुन्न चाहन्छु?, उसको स्वर केही दबिएको सुनियो ।
?जब लोग्नेमान्छेले आफनो नपुशंकताको चाल पाउँछ नि तब त्यो अरूले थाहा नपाउन भन्न यस्तै कुरा गर्छ र नपुशंकहरू नै हल्ला गर्छन?, केटीले ति एक जोडी आँखालाई सम्झेर उत्तर दिई जो केटीको कथा पढ्न चाहन्छन् ।
?सब तँलाई चरित्रहिन भन्छन्, सबले उसको कुरा पत्याएका छन् । मान्छेहरू तेरो कुरा लिएर हाँस्छन ?, बिराजले आँखामा आँशु ल्यायो । केटीलाई थाहा थियो, ऊ केटीलाई साच्चै बहिनी सम्झन्छ ।
?मलाई लाग्छ, सब लोग्नेमान्छेहरू नपुशंक हुन्?, केटीले फ्याट्ट भनी बडो कड्किएर । केटीले बिर्सी उसको बाऊ लोग्नेमान्छे हो, भाइ अनि बिराज पनि लोग्नेमान्छे नै हो ।
?दुख लाग्यो??, बिराज खाटमा बस्यो । केटी झ्यालबाट झरीपरीरहेको हेरीरहेको थिई ।
?होइन । के केमा दुख मनाउ गर्नु ? हामी रामसंगै वनवास गएकी सिताको मात्र अग्नीपरिक्षा लिने समाजमा छौ । समाज बदलिन समय लाग्छ?, केटीले बिराजको आँखामा हेरेर भनी ।
उसका आँखा केटीका लागी खिन्न थिए ।
मैले कथा पुरा गरे । मैले पनि बिराजले झैं सुने केटो त्यो रातलाई बंग्याएर कसरी हिरो भइरहेको रहेछ । अनि मान्छेहरू केटीको कुरा सुन्दै नसुनी एकतर्फी कुराले केटीको बारेमा के धारणा बनाइरहेका छन् । मेरो कथामा केटो भिलेन भयो, केटी पनि चुपचाप बसेकीले हिरोइन हुन सकिन । केटीले सायद केटो बोल्नुअघि बोल्नुपर्थ्यो । केटोलाई कुरा बंग्याउने मौका दिनुहुन्थेन । तर के केटीले त्यसरी रातमा केटोलाई भेट्नुहुन्थेन वा केटीले केटोमाथी विश्वास गर्नुहुन्थेन? मैले कथामा यस्तो केहि लेखिन ।
केटी मलाई भनेकै समयमा पैसा दिन आइ । कथा पढी, सायद ऊ नायिका हुन चाहन्थी तर पनि उसले कथामा असहमति जनाइन ।
?तिमी आफै कथा लेख्न सक्छ्यौ, आफैले लेखेको भए पनि हुन्थ्यो नि यो कथा?, मैले भने ।
?मैले लेखेको यो कथामा केटी चुप रहेन्थी र केटो मात्र बोल्थ्यो?
?तिमीले किन कसैलाई भनेनौ? अनि तिमीलाई के लाग्छ केटोले कुरा किन बंग्यायो??
?तपाईले कथा त सकिइसक्नु भएको छ नी!?, ऊ मुस्काइ, ?मैले उसलाई माफ गरेको थिए र मलाई लाग्यो त्यो केवल दुर्घटना थियो र म एउटा कथाकारलाई त्यसको सजाय दिन चाहन्न थे । मैले बुझ्नु पर्थ्यो त्यो कथाकार केवल लोग्नेमान्छे हो । उसलाई डर थियो मैले त्यो कुरा अरूलाई भन्छु त्यसैले ऊ आत्तियो र हल्ला गर्यो? उसले पैसा मतिर तेर्स्याइ ।
कति थियो कुन्नी, खाममा थियो । ?भैगो पर्दैन । यो कथा छापियो भने मलाई पत्रिकाले पैसा दिन्छ । तिमीले यसको मुल्य तिरिसकेकी छ्यौ?, मैले उसको हात पन्साए ।

0 comments:

Post a Comment

चिकामारी छलफल