दिदीसँग सहमतिमै यौनसम्पर्क

Saturday, 30 July 2011

१४ साउन, सिन्धुली । आफ्नै दिदीसँग पहिला यौन सम्पर्क राखी उनको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको पुरानोझागाझोली गाविस-२ नाङ्गेडाँडाका सीताराम थापा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीले थापमाथि आफ्नै काकाकी छोरी गीताको करणीपछि हत्या गरेको अभियोग लगाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी नायव उपरीक्षक लोकेन्द्र श्रेष्ठले दुई दिनअघि विष सेवन गरेको अवस्थामा मृत भेटिएकी थापाका बारेमा अनुसन्धान गर्दैजाँदा करणी गरी हत्या गरेको रहस्य खुलेको जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार सितारामले सहमतिमै यौनसम्पर्क गरेपनि गीताकी आमा रितुमायाँले आपत्तिजनक अवस्थामा फेला पारेपछि आमाबाट हल्ला हुनसक्ने त्रासका कारण सीताले विष मागेपछि आफूले खान दिएको बयान प्रहरीमा दिएका छन् । विष सेवनपछि छटपटाएकी दिदीको मुन्टो आफूले भाँचिदिएर हत्या गरेको थापाले साविती बयान दिएका छन् ।

0 comments:

Post a Comment

चिकामारी छलफल