रात्री बसमा

Monday, 20 June 2011

घरबाट काठमाडौं रात्री बसमा यात्रा गर्न निस्कें र बसपार्क पुगें । बसपार्कमा म चढ्ने गाडी लागिरहे म को थियो । म केहि ढिलो पुगेको थिएँ । गाडी स्टार्ट भइसकेको थियो । म हतार–हतार आफ्नो ब्याग राखी गाडीमा चढें र म चढेको केही क्षणमै गाडी गन्तव्यतिर लाग्यो ।
गाडी जति–जति अघि बढ्दै थियो, मेरो मनमा मेरा घरका सदस्य र आफ्नो साथी–भाइलाई सम्झदैं थिएँ । मनै अमिलो भएर आयो । सायद यहि होला माया भनेको, तर बिस्तारै आफैंले आफ्नो मनलाई बुझाएँ, किनकी म त केही दिनको लागि मात्र काठमाडौं गएको थिएँ, आखिर फेरी फर्किएर आइहाल्ने त हो । क्रमशः मनमा तिता–मिठा कुराहरु खेल्दै थियो । मैले आफ्नो छेउको सिट खाली थियो । अरुहरुलाई यसो हेरें सबै आ–आफ्नै धुनमा मस्त थिए । मैले यसो अनुभव गरेँ सायद मेरो छेउमा पनि कुनै मित्र हुनुभएको भए यस्तो एक्लोपन हुँदैनथ्यो की ?, मनमा अनेकौं कुरा खेल्दैनथ्यो होला, एक्लो हुँदा पो मनमा अनेकौं कुरा खेल्छ । म यसरी नै आफैंसँग आफैं कुरा गर्दै थिए, कति बेला आधा घण्टाको यात्रा तय भइसकेछ थाहा नै भएन । खलासीले इटहरी आइपुग्यो भन्दा पो थाहा पाएँ । मैले फेरि सोचे, सायद मेरो छेउको सिटमा कोही त अवस्श्य बस्छ, सकेसम्म म जस्तै युवा होस्, जो होस् जोसँग राती गफ गर्दा गर्दै यात्रा यति लामो यात्रा पनि केही छोटो होस् । बस्दा बस्दै जिउ दुखे जस्तो भयो र तिर्खा पनि लागिरहेको थियो, त्यसैले पानी पिउन र जिउ तन्काउन बाहीर निस्कें । बाहिर निस्केर पानी पिएँ र एक बोटल पानी किनेँ । त्यहाँ साथीसँग भेट भयो र गफ गरियो बसले हर्न नबजाउन्जेलसम्म । गाडीले हर्न बजाएपछि साथीसँग बिदा भएर म गाडीमा चढें । मेरो सिट झ्यालतिर थियो, त्यस सिटमा पेन्ट र टिसर्ट लगाएकी १८÷१९ वर्षकी युवति आएर बसेकी थिइन् । मैले सिट छेउमा गएर उनलाई भनें–“माफ गर्नुहोस् बहिनी यो सिट त मेरो हो ।” उनले मुस्कुराउँदै म तिर फर्केर भनिन् –“एकैछिन बसेको दाई अलिक गर्मी भएर । एकछिन तपाई मेरो सिटमा बस्दा हुँदैन ?”

उनको प्रस्तावलाई स्वीकारे, किनभने आज रातभरि उनीसँगै यात्रा गर्नुछ फेरी उनी केटी परिन् मलाई उनीप्रति माया पनि जागेर आयो, अझ उनको मायालु बोलीले पनि मलाई उनको प्रस्ताव स्वीकार्न बाध्य पा¥यो र मुस्कुराउँदै भनें–“हुन्छ बस्नुस न ।” भन्दै म उनको सिटमा बसेँ । उनले फेरि मुस्कान दिइन् । म बसेँ बसपनि घुँइकियो आफ्नो गतिमा । उनले झ्याल खोलेकी थिइन् हावा आइरहेको थियो । बेलाबेलामा उनको केशहरु मेरो अनुहारमा आएर ठोक्कीरहेको थियो । म बेला बेलामा उनको केश हटाउँथे, आफ्नो अनुहारबाट, उनले पनि सायद थाहा पाइन् होला, त्यसैले बेला बेलामा आफ्ना ति लामा केशहरु पछाडी तिर लग्थिन् तर हावाको त्यो अनियन्त्रित बहावमा उनको केशहरु क्षणभरमै अनुशासनहीन भई मेरो अनुहारतिर दौडिन्थ्यो । मलाई उनीसँग बोल्न मन लाग्यो तर कसरी भन्ने प्रश्न खडा भयो । म बाहाना खोज्नतिर लागें । यहि क्रममा गाडीले कोशी पुल तर्न लागेको थियो । गाडीबाटै कोशीले आफ्नो विशाल रुप धारण गरेको देखिन थालेको थियो । कोशीको अर्को किनारमा सुर्यले हामीलाई रातो भई आफू जाने संज्ञा दिएको प्रष्टै देखिन्थ्यो ।
उनले हतपत आफ्नो ब्याग खोलेर खोतल्न थालिन्, उनले एक रुपैयाको सिक्का निकालिन् र आफ्नो व्याग पहिलेकै स्थानमा राखिन् । गाडी कोशीको पुल माथि गुड्किन थाल्यो, उनी आफ्नै धुनमा व्यस्त थिइन् । सँधै कोशी पुलको माथिबाट गाडी गुड्दा म ढोकाहरु गन्नमा व्यस्त हुन्थें । एकप्रकारको रमाइलो लाग्दथ्यो । तर आज मेरो ध्यान पुलतिर नगएर छोउमा बसिरहेकी मेरो सहयात्रीतिर एकोहोरो भइरहेको थियो । गाडी लगभग पुलको बिचमा आइपुगेको थियो । उनले पैसालाई मुठ्ठी पारिन् र मनमनै सम्झिन् । यसरी ध्यान गर्दा उनको ओठहरु हल्का रुपमा हल्लीदै थियो । उनले आँखा खोलीन् र हालतबाट उक्त सिक्का खोलामा फालिन्, सीक्का खोलामा डुबुल्की मा¥यो । उनको अनुहारमा केहि कुरा प्राप्त भएको भाव प्रष्ट देखियो । उनले मलाई पुलुक्क हेरिन् । म मुस्कुराए मात्र । मैले कुराकानी थाल्ने शुभसाइत पाएको महशुस गरें र प्रश्न गरें – “तपाई भगवान्प्रति ज्यादै आस्था राख्नुहुन्छ जस्तो लाग्यो हो ?” उनले भनिन् –“विश्वास छ । म सँधै यस खोलामा आउँदा भगवान्लाई सम्झेर पैशा चढाउँछु । यसो गर्दा मलाई सन्तुष्टि हुन्छ । किन र तपाईलाई भगवान्प्रति आस्था छैन ?” उनले शङ्काको दृष्टिले मतिर प्रश्न तेर्साइन् । मैले भनें –“खोइ मलाई भगवानको सम्बन्धमा थाहा नै छैन । त्यसैले विश्वास पनि गर्दिन अविश्वास पनि गर्दीन” उनको अनुहारमा अचम्मको भाव देखा प¥यो । “अचम्म, तपाई कस्ता कुरा गर्नुहुन्छ ।” तर उनले आफैंले सम्झाउँदै भनिन् –“ठिकै हो, आ–आफ्नो विचार हो ।” मैले पनि यस कुरालाई तन्काएर अगाडी बढाउन चाहिन किनकी बल्ल–बल्ल बोल्न सुरुवात गरेको बेला विवादस्पद कुराहरु गर्न चाहिन । उनले पुनः झ्यालबाहिर हेर्न थालिन् । सायद मेरो जवाफले उनलाई असजिलो लागेको हुनसक्छ । त्यसैले कुरालाई मैले नै अगाडी बढाउनुपर्ने महशुस गरें र उनलाई प्रश्न सोधें–“तपाई कहाँ सम्म नि ?” उनी मतिर फर्कदै –“काठमाडौं सम्म अनि तपाई नि ?” “म पनि काठमाडौं सम्म नै हो । काठमाडौंमा के गर्नुहुन्छ ? पढ्नु हुन्छ हो ?” “म काठमाडौं एकेडेमीमा पढ्छु अनि तपाई नि के गर्नुहुन्छ ?” “बैंकमा काम गर्छु” बिस्तारै बिस्तारै उनी मसँग खुलेर कुरा गर्न थालिन् । गाडीमा बत्तिहरु बालीसकेको थियो । बाहीर अन्धकार मात्र देखिन थाल्यो । कतै–कतै मात्र स–साना बत्तिका प्रकाश देखिन थालीसकेको थियो । गाडी उज्यालो भएको ठाउँमा रोक्कीयो र खलासीले कराउँदै भन्यो–“ल खाना खान ओर्लीऔं है ।” मैले उनलाई भने “खाना खाने होइन ? मलाई त भोक लागिरहेको छ ।” उनले सहमति जनाइ र भनिन् “तर म भात खान्न राम्रो हुँदैन ।” मैले भनें “म पनि भात कहिल्यै खान्न चाउचाउ, बिष्कुटहरु खानु पर्छ जाउँ” भनि निस्किए । उनी पछि पछि लागिन् । हामीले एक दोकानमा पुगेर चाउचाउ अर्डर ग¥यौं, उनले शौचालय कता छ भनी सोधिन् मैले शौचालय देखाइदिए र स्याउ पनि किनेर पसलमा बसें । चाउचाउ, पकाएर साहुनीले दुईवटा बटुकोमा ल्याएर मेरो अघि राखीदिइन् । त्यसैबेला उनी पनि आइन् र मेरो छेउमा बसिन् र खान सुरु ग¥यौ । मैले नै हामी दुवैको पैसा बुझाए उनले केही प्रतिक्रिया जनाइन् ।
हामी दुवै सिटमा आएर बर्सौ केही छिनमै गाडी पुनः घुँइकियो । हामी बिचको मौनतालाई तोड्दै मैले उनलाई स्याउ दिँदै भनें “स्याउ खानुस् न” उनले मुस्कुराउँदै हातमा लिइन् । मैले अर्को स्याउ निकालेर चपाउन थाले किनकी मेरो पेट खानाले भरिएको थिएन । मैले आधा खाइसक्दा पनि स्याउ उनकै हातमा थियो । त्यसैले मैले जिस्क्याउँदै भनें “मैले तपाईलाई स्याउ राख्न दिएको जस्तो लाग्दैन कि नचिनेको मानिसले दिएको भनेर नखानु भएको । मसँग मेरो अफिस को आइ.डी.छ देखाउ ? उनले हाँस्दै भनिन् “सरी मैले बिर्सिए” र स्याउ टोक्न थालिन् । मैले सम्बादको क्रम अगाडी बढाउँदै सोधे “कुन लेभलमा पढ्नु हुन्छ ?” स्याउ चपाउँदै भनिन् –“प्लस टू को १२ मा पढ्दैछु । “एघारमा कस्तो भयो भ्हबm ?” पुनः सोधें । “७८% ल्याएर पास भएँ” । त्यसबेलासम्म उनले स्याउ खाइसकेकी थिइन् र मेरो तिघ्रामा हात राख्दै स्याउ फ्याकिन् । मलाई कस्तो कस्तो भयो तर त्यसै बेला मैले आफूलाई संयमित र अनुशासित हुनुपर्दछ भनेर आफ्ना दिमागहरुलाई निर्देशन दिए किनभने मलाइ उनीमा बहिनीको रुप देख्न थालें । त्यसैले एउटा दाजुले निभाउनुपर्ने कर्तव्य निभाउनु पर्दछ भन्ने महसुस गरें । त्यसैबेला गाडीको बत्तिहरु निभाइयो । सबै सुत्ने तरखरमा लागे । तर किन हो किन खलासीले कहिलेकाहिँ मलाई हेर्दथ्यो र आफैं केहि मुस्कुराए झैं गर्दथ्यो । मलाई लाग्यो यो उनको आदत नै रहेछ, त्यसैले उसको व्यवहारलाई ध्यान दिन छोडे ।
रात छिप्पीदै जान थालेको थियो । कोही कोही निदाइ सकेका थिए । कविता पनि निदाइ सकेकी थिएन् । उनले मेरो कुमलाई आफ्नो सिरानी बनाएकी थिइन् । बेला बेलामा गाडी हल्लदा उनको छातिले मेरो कुमलाई राम्रैसँग स्पर्श गर्दथ्यो । मैले उनलाई बिस्तारै सिधा बनाउन खोजेको मात्र थिए उनी व्यूझिइन् म केही सतर्क हुनु पुर्व उनले भनिन्– “क्यचचथ है हेर्नुस् न निन्द्रा लागेकाले केही थाहा नै पाइन मैले तपाईलाई डिष्ट्रब त गरिन” साथै मुस्कान पनि फ्याकिन् । मेरा मष्तिष्कमा जेजस्ता नकारात्मक सोचाइको बाढि नै आएपनि मैले मनको बाधले त्यसलाई रोकेको थिएँ । मैले उनलाई एक शुशिल नारीको रुपमा हेरेको थिए । अझ भनौं मैले उनलाई आफ्नै चेलीबेटीको दृष्टिकोणले हेरेको थिएँ । त्यसैले एक अभिभावकको हैसियतले आपूmलाई असजिलो महसुस भएता पनि मैले मुस्कुराउँदै भनें “ठिकै छ । अप्ठ्यारो मान्नु पर्दैन” हुन पनि उनको र मेरो लामो कुराकानी बीच नारी स्वतन्त्रताको बारेमा चर्चा भएको थियो । साथै नारीहरुलाई हुने सामाजिक शोषणको विरुद्धमा उनको र मेरो दृष्टिकोण एकै थियो । भविष्यमा नारी हकहितको लािग लड्ने उनको कटिबद्धताले उनीमाथि अझ बढी सम्मानको भाव जागेको थियो म मा ।
उनी पुनः मेरो कुममा निदाई सकेकी थिएन् मैले अगाडी सिटहरुमा हेरें । प्रायः सबै निदाइसकेका थिए या सो प्रयासमा थिए । गाडी आफ्नो गतिमा दौडिरहेको थियो । बिच बिचमा हुने उफ्राइले बिस्तारै उनी मेरो छाति हुँदै मेरो काखमा आएर घोप्टीइन् । उनको त्यो घर्षणले मेरो अङ्गहरुमा उत्तेजनाको छाल बढ्न खोजीरहेको थियो । जब उनी मेरो काखम सुतिन्, उनको छातिले धुकधुकी मेरो तिघ्राहरुले महसुस गर्न थाल्यो । म अझ उत्तेजित हुन थाले । उनले मेरो शरीरलाई आफ्नो ओछ्यान सम्झी प्रयोग गरिरहेकी थिइन् । तर कुनैबेला मलाई शङ्क लाग्दथ्यो उनी मस्त निन्द्रामा छिन् भन्ने कुरामा किनकी उनका औंलाहरु थाहा नपाउने किसिमले मेरो शरीरमा सलबलाएको महशुस भइरहेको थियो । तर म यो विवादमा जान चाहिन । तरपनि जब म उनको मुहार हेर्थें मलाई करेन्ट प्रभाव भए झैं हुन्थ्यो । त्यसैले मैले उनको मुहार नहेरि आफू पनि निदाउने असफल प्रयास गरिरहें । यस स्थितिमा मलाई मेरो हातहरुलाई अनुशासनमा राख्न हम्मे हम्मे परेको थियो ।
झिसमिसेमा गाडी नास्ता खान रोकियो । सबै उत्रीए । मैले उनलाई झक्झकाएर उठाउन लागेको थिए तर आफैं उठी र केहि नबोली होटेलतिर लागिन् । उनले त्यहाँ मसँग एक अपरिचितको झैं व्यवहार गरिन् । गाडीको चक्कालाई ठोक्दै खलासीले मलाई मुस्कुराउँदै भन्यो “दाइ तपाई त भाग्यामनी हुनुहुँदो रहेछ । रातभरि सुत्न पाउनु भएन ।” मैले उसले भन्न खोजेको कुरा बुझिन । निन्द्रको सुरमा निच्च हाँसे मात्र । गाडीमा हामी दुई बिच बोलचाल भएन । तर मबाट कतै अन्जानमा नराम्रो भयो कि भनेर मैले रातीको घटनालाई दोहोराई तेहेराई सम्झें । अहँ त्यस्तो केही भएको छैन । गाडी बसपार्कमा रोकियो । त्यसबेला सम्ममा मैले निर्णय गरें चेलीबेटीलाई दुःखी बनाएर छुट्टिनुभन्दा बरु माफी माग्छु भनेर, त्यसबेलासम्म उनी ट्याक्सीमा चढिसकेकी थिइन् । म हतपत गएर भ्mयालबाट उनलाई भनें – “बहिनी मबाट अन्जानमा गल्ती भयो भने मलाई माफ गरिदिनु है ।” उ मेरो वाक्य सिधिएपछि म तिर तेस्रो नजरले हेरे भनिन् “बेबकुफ” । उनको ट्याक्सी गुड्यो । उनले मलाई किन त्यसो भनिन् मैले बुझ्न सकिन र साथीहरुसँग सम्पूर्ण कुरा सविस्तार बताए । साथीहरुलाई मलाई जिस्काउँदै एकै स्वरमा भने – “तँ बेवकुफ होइनस् महाबेवकुफ होस” । त्यसपछि कतै यस घटनाबारे चर्चा गरिन तर त्यसपछि साथीहरुले जिस्काउँदै मेरो न्वारन गरेर नयाँ नाम ‘बेबकुफ’ राखिदियो ।
बिहानै म एउटा नारीवादी गोष्ठीमा गएको थिएँ हुन त मलाई यस्ता गोष्ठीमा जानु त्यति मन लाग्दैन तर पनि आफ्नै मित्रको श्रीमतिको संस्थाले गरेको अन्तरक्रिया कार्यक्रम भएकोले नाँई भन्नै सकिनँ र गए । मन्चमा प्रमुख अतिथिको रुपमा आगमन भएपछि म एक्कासी छक्क पर्दै १५ वर्षअघिको मेरो बसयात्रा सम्झन पुगें किनकी त्यसबेला उनी मेरै छेउको सिटमा सौभाग्यवश परेकी थिइन् र उसले त्यस मञ्चमा पुरुषद्वारा नारीमाथि हुने शारीरिक शोषणबारे गतिलै भाषण दिएकी थिइन् । म ट्वाल्ल परेर उनको भाषण सुनिरहें ।

0 comments:

Post a Comment

चिकामारी छलफल